मध्यमदेखि भारी वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री