बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री