भेरी अस्पतालमा डेंगीबाट दुई जनाको मृत्यु

काठमाडाैँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगीका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले बताए ।

उनकाअनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

भेरी अस्पतालमा अहिले डेंगी सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् । पहिलो पटक डेंगीको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए । बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस