काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आउको छ । यस दिन छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो ३ कारोबार दिनमा सुनको मूल्य निरन्तर बढेको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




