ज्योति विकास बैंक र कैलाश बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कैलााश विकास बैंक लिमिटेडबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे  ।

यस सम्झौता अनुसार  ज्योति विकास बैंकलेसंचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ ।

कैलााश विकास बैंकका ६५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री