नवलपरासी पूर्वका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडाैँ ।  नवलपरासी (पूर्व) का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स-साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स-साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनु हुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री