क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । प्रहरी स्रोतले मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।

लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते काठमाडौंकै एक होटलमा बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

लामिछाने नेपाली राष्ट्रिय टिमको केन्या टूरमा टी-२० सिरिज खेलेपछि अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिजमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री