सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।

यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ सोमबारबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after