काठमाडाैँ । करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्याङ ठड्याएर हिँड्ने क्रममा भर्याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।
तपाईंको प्रतिकृया



