काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट धनुषा क्षेत्र नं. ३ र ४ मा रघुबीर महासेठ दम्पतीको नाम सिफारिस भएको छ । क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं ४ मा रघुवीर महासेठको नाम सिफारिस भएको हो ।
महासेठ अहिले धनुषा ४ बाटै प्रत्यक्ष निर्वाचित सांसद छन् भने महतो समानुपातिक सांसद छिन् । एमाले सचिव तथा स्थायी कमिटी सदस्य समेत रहेका महासेठको एकल नाम क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।
पोलिटव्यूरो सदस्य महतोको नाम क्षेत्र नं. ३ को क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेको जनाएको छ । अगामी चुनावमा दम्पति मध्ये एकजना मात्र प्रत्यक्ष र एकजना समानुपातिकमा चुनाव लड्ने चर्चा छ ।
तपाईंको प्रतिकृया




