काठमाडाैं – काठमाडौँ महानगरपालिकाले महानगरभित्र पर्ने ७ वटा क्यासिनोलाई पत्र काटी कर तिर्न ताकेता गरेकाे छ । काठमाडाैँ महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र तिर्न बाँकी मनोरञ्जन कर तिर्न भनेका हुन् ।
कर नतिर्ने क्यासिनाेहरू डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल होटललाई महानगरले पत्र काटेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा ती क्यासिनोले पटक पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको महानगरले बताएकाे छ । कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिनेसमेत महानगरकाे पत्रमा उल्लेख छ ।



