काठमाडौं । कुमारी बैंक नेपालले ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेसनलले ‘कुमारी बैंक लिमिटेडलाई ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड प्रदान गरेकाे हाे ।
यो अवार्ड कुमारी बैंकलाई नयाँ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो । स्थापनाकालदेखि डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै सेवाहरूको प्रभावकारिता र डिजिटल सामर्थ्य सुदृढीकरण गर्दै आएको बैंकले बताएकाे छ ।
तपाईंको प्रतिकृया




