केएफसीको चौँधौ शाखा बुटवलमा

काठमाडाैं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको रेस्टुरेन्ट खोलिएको हो ।

सो आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा पनि पाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री