म जुम्लाबाट ढुक्कले चुनाव जित्छु : ज्ञानेन्द्र शाही

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने बताएका हुन् ।

सम्पर्क कार्यालय उद्घाटनपछि बोल्दै शाहीले कुनै पार्टी र दलहरू विरुद्ध नभई मुलुकको नेतृत्व तथा जुम्लाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, २०४६ साल यताका विभिन्न निर्वाचनमा जिताएर पठाएका जुम्ली नेताले मुलुकको नेतृत्व गर्ने हैसियत राखेनन् । जुम्ला सहितको कर्णालीको वास्तविक गुनासा केन्द्रले पनि सम्बोधन गर्न सकेन । त्यसैले केन्द्रका टाउकेहरूसँग प्रतिस्पर्धा गर्न मेरो उम्मेदवारी हो । जिल्ला सबै नेता प्रति मेरो सद्भाव सहकार्य र सम्मान सधैँ रहन्छ ।’

साथै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याएर जित्ने समेत शाहीले ठोकुवा गरे । आठै पालिकाका कार्यकर्तासँगको प्रत्यक्ष भेटघाट तथा छलफलपछि बहुमतले चुनाव जित्ने शाहीको दाबी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री