७५३ पालिकाका प्रमुखमध्ये म सबैभन्दा भाग्यमानी : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भाग्यमानी रहेको बताएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित भइरहने साम्पाङले फेरि स्टाटस लेख्दै ७५३ पालिकाका प्रमुखमध्ये सबैभन्दा भाग्यमानी रहेको बताएका छन् ।

मेयर साम्पाङले आफू अझै समर्पित बनेर जनताको सेवामा लाग्ने विश्वास दिलाए । ‘७५३ पालिका मध्येको सबै भन्दा भाग्यमानी म रहेछु सम्मान, सहयोग र श्रमदान सबै दिनु भएको छ मलाई ! म अझ धेरै समर्पित बनेर जनताको सेवामा लाग्नेछु ! जीवन भर भुल्नेछैन यी पलहरूलाई ! हामी एउटा इतिहास रच्दैछौँ,’ उनले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री