काठमाडाैँ । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ एप्लिकेसनबाट खाता खोल्न सक्नेछन् ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
साथै बैंकको मोबाइल बैंकिङ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोवाइलफोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिनेलगायतका सुविधा दिँदै आएको छ ।
तपाईंको प्रतिकृया




