बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘मेरो स्टोर’मा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौतापश्चात् ग्राहकले मेरो स्टोरका बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोरले बुटवल र रुपन्देहीबाट सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री