सरकारले सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता गर्ने

काठमाडौँ । नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्तालाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा सुरु गर्नुभएको थियो । यात्राको सुरुआतदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् ।

क्यारेबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रले माटो जोगाउन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू आयुसिएन, संयुक्त राष्ट्रसङ्घका संस्था तथा अन्य संस्था पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्नुहुनेछ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds