आईएमईले ल्यायो १० लाख जित्न सकिने दसैँ अफर

काठमाडाैं । रेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

अफरअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आईएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो। अफर सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आईएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ। त्यसैले विदेशबाट आउने रेमिट्यान्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन भर्खरै राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा प्रशन्नता व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आईएमई ग्रुप तयार रहेको जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आईएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे। भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आईएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिट्यान्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पूरा गरेको बताए।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

अफरमा शर्त लागू हुने कम्पनीको भनाइ छ। अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशासहित पारा खेलाडीलाई एनसेल फाउन्डेसनले गर्‍यो नगदसहितको सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्समा नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds