फेरि घट्यो शेयर बजार, एक अर्ब ३८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०९ अंकले घटेर बन्द भएको छ । १९ सय ७३ अंकबाट कारोबार शुरू भएको बजार घटेर १९ सय ५३ अंकसम्ममा पुगेको थियो । तर, ११ बजेबाट कारोबार शुरू भएको नेप्से २ बजेदेखि भने उकालो लाग्न थालेको थियो ।

अन्तिम समयमा ८ अंकसम्मको वृद्धि देखिएको नेप्से पुनः ओरालो लाग्दै १९७२ अंकमा आएर रोकिएको हो । यसक्रममा आज १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको ३९ लाख ५५ हजर कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सामान्य अंकको गिरावट आए पनि ७ समूहमा भने सुधार देखिएको छ ।

आज निर्जीवन बीमा समूह ६२ अंकले र जीवन बीमा समूह ५४ अंकले बढेको छ । यस्तै, होटल र टुरिजम समूह २४ अंकले बढ्दा वित्त समूह २१ अंकले बढेको छ । यस्तै, जलविद्युत समूहमा १० अंकको र विकास बैंक समूहमा ७ अंकको सुधार आएको छ ।

बजारमा सामान्य गिरावट आएपनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटरतर्फको सेयर १० प्रतिशतले बढेको छ । प्रतिकित्ता २५ रुपैयाँले बढ्दै कम्पनीको प्रमोटर सेयर २७९ रुपैयाँमा पुगेको हो । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा पनि गिरावट आएको छ । आज सेन्सेटिभ परिसूचक ०.६६ अंकले घटेर ३८३ अंकमा आइपुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशासहित पारा खेलाडीलाई एनसेल फाउन्डेसनले गर्‍यो नगदसहितको सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्समा नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds