‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई उत्कृष्ट ब्याजदर प्रदान गर्ने र २२ लाख ५० हजारसम्मको बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट मुद्धती योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालले आफ्ना लागि रु १० लाखसम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

जति अवधिको मुद्दती खाता खोलियो त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो योजनाबाट ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस