विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेद्वार सिफारिस

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।

उनले भने, सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाए ।’

मेचीनगर नगरपालिका-९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार भएका थिए ।

यसैगरी नेपाली कांग्रेसले झापा-१ को ‘प्रदेश क का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश ख का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असईबाट सई बन्न यी १६९ भए सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा …

प्रतिकृया दिनुहॊस