काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ।
बुधबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय कायम भएको छ । चाँदी मूल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



