आरजु राणा कैलाली-५ बाट सिफारिस

काठमाडाैँ ।। नेपाली काँग्रेसले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई दोहोर्‍याउने निर्णय गरेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

बुधबार नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८८० मत अन्तरले पराजित भएकी थिइन् । एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गरेका थिए भने राणाले २२ हजार ३२२ मत मात्र प्राप्त गरेकी थिइन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री