रत्नपार्कमा राखियो विद्युतीय चार्जिङ स्टेसन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा चार्जिङ स्टेसन स्थापना गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनकाे उद्घाटन गरेकी हुन् । स्टेसन रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय कार्यालयमा राखिएकाे हाे ।

विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

पहिलाे चरणमा ५१ वटा चार्जिङ स्टेसनहरू स्थापना गरिन लागिएकाे मन्त्री भुसालले जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस