काठमाडाैँ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स-साना पहिरो खसेको उनले बताए ।
जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन् । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।
प्रतिकृया दिनुहॊस