काठमाडाैँ महानगर : प्रहरीकाे भत्ता बढ्याे, बालबालिकालाई २५ रुपैयाँ खाजा खर्च

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने भएकाे छ । अब महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध हुने भएकाे हाे ।

महानगरको आज बसेको नगर कार्यपालिकाको आठौँ बैठकमा शाहले कक्षा ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेका छन् । महानगरले नेपाल सरकारको तर्फबाट कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई १५ रुपैयाँ दिइरहेको र काठमाडौँ महानगरले १० रुपैयाँ थप गरी दिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप