फाइल फोटो

विष्णुमतीमा बाढी, आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी/खोलामा पानीको सतह बढेको छ । विष्णुमती नदी जलाधारको जितपुर र आसपास तथा बल्खु नदी जलाधारमा भारी वर्षा मापन गरिएको हाे ।

अहिले विष्णुमतीमा जल सतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने आकलन छ । सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds