काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३,४३१ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५ जना छन् ।
यसैगरीनिषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालकलाई कारबाही गरिएको छ । २,७४४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयको भनाई छ ।
तपाईंको प्रतिकृया




