काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।
गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भ एपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन । बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले आजका लागि बोलाइएको हो ।
तपाईंको प्रतिकृया




