कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ ऋणपत्रले पायाे स्वीकृति

काठमाडाैँ । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११% केविएल डिवेन्चर २०८९’ को एक हजार रूपैयाँकाे अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्नकोलागि नेपाल धितोपत्र बोर्डबाट भदाै १ गते स्वीकृति प्राप्त गरेको छ ।

उक्त ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीकोलागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ । यस ऋणपत्र निष्काशनकोलागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५% अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताकोलागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।

यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम १२ लाख आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । बैंककाे १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री