काठमाडौँ । काठमाडौँ न्युरोडमा रहेको आरबी कम्प्लेक्समा काठमाडौँ महानगरले डोजर चलाएको छ । अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएको आरबी कम्प्लेक्सको अवैध संरचना महानगरले भत्काएको हो ।
यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् । यसअघि आजै महानगरले काठमाडौँ मलमा पनि डोजर चलाएकाे थियाे ।
सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ ।
तपाईंको प्रतिकृया




