मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ ।

यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्र्यांक्लिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि ) पाउनेछन् ।

यो योजनामा शर्तहरु लागु हुने भएकाले थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंक दोस्रो पटक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौँ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report …

प्रतिकृया दिनुहॊस