कुटपिटबाट छिमेकीको मृत्यु, एकै घरका तीन जना पक्राउ

काठमाडाैं । रौतहटमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । साउन २८ गते चन्द्रपुर नगरपालिका-४ पैनीटोलका ७७ वर्षीय रामगोपाल घिमिरेलाई कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते घिमिरेको उपचारका क्रममा भदौ ५ गते काठमाडौंमा मृत्यु भएको हो ।

प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । घिमिरेका छिमेकी रामचन्द्र चौधरी, उनकी श्रीमती ४६ वर्षीया प्रमिला चौधरी र छोरा २२ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

चौधरीले बंगुरको फोहोर घिमिरेको घरअगाडि फालेपछि विवाद भएको थियो । त्यस क्रममा कुटपिटबाट घाइते भएका घिमिरेलाई तत्काल रौतहटकै सिभिल अस्पताल लगिएको थियो ।

अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो । भदौ ३ गते अस्पतालबाट डिस्चार्ज भएका घिमिरे काठमाडौंमा आफन्तकोमा थिए । तर भदौ ५ गते पुनः बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएपछि कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान थालिएको डीएसपी मल्लले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस