स्मार्टडोकोले ल्यायो ‘फादर्स डे अफर’

काठमाडाैं । फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुपले स्मार्टडोकोलाई प्राप्त गरेपछि, कम्पनीलाई नेपालमा उच्चतम मूल्याङ्कन गरिएको ई–कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ ।

स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी उपलब्ध गराइएको छ । ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ ।

साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु. ५०० दिनेछ । स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५० हजार समानहरु छन् जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्ने, र लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन् ।

स्मार्टडोकोका ग्राहकहरूले रिङरोड भित्र (रु ७५० को न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउने कम्पनीले जनाएको छ । यो अफर ७ भाद्र देखि १० भाद्र, २०७९ सम्म मान्य छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस