सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

१९ भदौदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए । श्रेष्ठको आगामी नेतृत्वले बैंकलाई प्रगतिको थप उचाईमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।

यसअघि श्रेष्ठको कार्यकालमा बैंकले आम जनताको विश्वास बटुलेर देशभर ११२ शाखा कार्यालयहरु, ३१ एटीएममार्फत सेवा दिन सक्षम भएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्नसमेत सफल भएको बैंकले जनाएको छ ।

0
2
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री