समयमै किताब नपुर्‍याएको भन्दै जनक शिक्षाका कर्णाली प्रमुखलाई दलियो मोसो

काठमाडाैं । जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई मोसो दलिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले प्रमुख केसीलाई मोसो दलेको हो ।

शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै मोसो दलिएको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका निकट विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकमा प्रमुख केसीलाई मोसो दलेका हुन् ।

उनीहरूले मनोमानी ढंगले पुस्त वितरण गरी पुस्तक व्यवसायीसँग करोडौँ कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगु लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौँ कमिसन आएको आरोप लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री