प्रदिप गिरिको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा माल्यार्पण गरी अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरिले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्‍याएकाे बताए । उनले भने, ‘बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरि राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।

देशलाई रूपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरिको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उनको भनाइ थियो । ‘गिरिको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो,’ अध्यक्ष प्रचण्डले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री