मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्बर प्लेट राख्ने २६ जना सवारी चालक छन् ।

२ हजार १५६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री