उपसभामुख पुष्पा भुसाललाई मातृशोक

काठमाडौँ । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो ।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवन संगिनी हुन् । उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री