सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

काठमाडाैं । केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री