काठमाडौँ । भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र जग्गाका लागि निवेदन दिन आग्रह गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन दिन सूचना निकालेको हो ।
योगले जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ । बुधबार सूचना निकाल्दै आयोगले सूचना जारी भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।
तपाईंको प्रतिकृया




