हरितालिका तीजको अवसरमा सानिमा बैंकको ‘कोसेली’

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस