डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मंगलबार स्थानीय देबलदिव्यपुरबाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप सदरमुकाम नजिकैको आइतबजारमा दुर्घटना भएको हो ।
घाइते सबैको उपचार उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरीले जनाएको छ। जीपमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
तपाईंको प्रतिकृया




