ढोकाले किचेर पाँच वर्षीया बालिकाको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौँ । मध्यपुर थिमि-१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका-८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।

ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप