महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७४। ७५ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ ।

सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको मिति २०७५।०५।११ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई  ७प्रतिशत  नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको निकट भविष्यमा हुने साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने व्यहोरा बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७४ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ७० हजार भन्दा बढी रहेको छ ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री