महिन्द्रा ‘प्लस न्यू एक्सयूभी ५००’ नेपालमा

काठमाडाैं ।  सनरूफसहितको महिन्द्राले स प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा ल्याएको छ। महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले  एक कार्यक्रम गरेर यो गाडीको बिक्री सुरू भएको  घोषणा गरेको  छ।आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ ।

गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति रहेको छ भने छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार

यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ।  यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस