काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा जारी बैठकमा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित छन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी पनि बैठकमा सहभागी छन् । बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीको रणनीति बनाउनेछ । आगामी निर्वाचन तयारीका लागि बसेको यो पहिलो बैठक हो ।
सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । निर्वाचनमा चारवटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना बनेको छ ।



