काठमाडाैँ । गोरखामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ४ बाह्रपिर्केमा ट्याक्टरले किच्दा ४० वर्षका अन्जु सुनारको मृत्यु भएको हो ।
सुनार सोही ट्याक्टरमा यात्रा गरिरहेकी थिइन् । ग १ त ४७०० नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएकी हुन् । उनको उपचारको लागि चितवन लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



