पुलबाट हाम फालेकी महिलाको प्रहरीद्वारा उद्धार

काठमाडौँ । पुलबाट हाम फालेकी महिलाको प्रहरीले उद्धार गरेको छ । ललितपुर र काठमाडौँको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप